काठमाडौं- प्रहरी कर्मचारीमा बाह्य दबाब र प्रभावमा सरुवा हुने विषय नौला होइनन्। शक्तिकेन्द्रको आडमा दबाब दिँदै आकर्षक ठाउँमा सरुवा हुने चलन प्रहरीमा ब्याप्त छ।
तर, अब भने यस्ता सरुवालाई रेकर्डमा राखेर मूल्यांकन गर्ने गरी मापदण्ड बनाइएको छ। प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९ लाई संशोधन गर्दै यस्ता सरुवाहरुलाई रेकर्ड (अभिलेख)मा राखेर मुल्यांकन गरिने उल्लेख गरिएको छ।
मापदण्डमा उल्लेख गरिएको छ, ‘स्वाभाविक अपेक्षा बाहेक अनुचित दबाब र प्रभाव सिर्जना गरी सरुवा/काज माग गर्ने प्रहरी कर्मचारीको अभिलेख राखी सोही बमोजिम मूल्यांकन गरी सरुवा गरिनेछ।’
यसको अर्थ कुनै कर्मचारीले बाह्यका कुनै दबाबबाट सरुवा तथा काज गएमा त्यस्ता कर्मचारीको रेकर्ड राख्ने भावी सरुवाहरुमा त्यसको मूल्यांकन तथा अन्य विभागीय कारबाहीसम्म हुन सक्ने बुझ्नुपर्ने कर्मचारी प्रशासनका एक अधिकृतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।