काठमाडौं– तनहुँको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकस्थित सेती नदी किनारका ३ घर जोखिमा रहेको भन्दै नेपाली सेनाले स्थानीयलाई स्थानान्तरण गरेको छ।
वर्षाका कारण जमिन भासिने सम्भावना देखिएकाले ३ घरहरु उच्च जोखिममा रहेको भन्दै सेना ती घरमा बस्ने स्थानीयलाई स्थानान्तरण गरेको हो ।
सेनाले स्थानीयको लत्ताकपडा, खाद्यान्न तथा भाडावर्तनहरु पनि सुरक्षित ठाउँमा सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।