• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘बुढो रावल’ को सक्रियता खोजेको हो बालकोटले?

64x64
डिबी खड्का बुधबार, साउन ३१, २०८०  २०:१४
1140x725

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भीम रावलसँग संवाद गरेका छन्। नेकपा विभाजनपछि सौहार्द्र हुन नसकेको सम्बन्ध निर्माणमा अध्यक्ष ‌ओलीले गरेको यो अर्को प्रयास हो।

यअसघि उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापा सम्मिलित वार्ता समिति नै गठन गरेर रावलको ‘चाहना’ बुझ्न लगाइएको थियो। उक्त वार्तामा ‘विगतका घाउ नकोट्याउने’ प्रारम्भिक सहमति भएको वार्ता कमिटी सदस्य थापाले बताएका थिए। जहाँ रावलले पार्टीप्रति आफू सकारात्मक रहेको तर केही कामकारबाही चित्त नबुझिरहेको बताएका थिए।

वार्ता कमिटीले रावलको मन बुझेपछि त्यसको ब्रिफिङ अध्यक्ष ‌ओलीलाई गरेको थियो। त्यही संवादका आधारमा अध्यक्ष ओलीलाई चितवन महाधिवेशनमा अध्यक्षकै प्रत्यासी बनेका रावलसँग संवाद गर्न सहज भएको हो।

ओली-रावल मिलनका लागि एमाले उपाध्यक्ष पौडेलका साथै कुनैबेला रावलका सबैभन्दा ठूलो आलोचक सांसद दयालबहादुर शाहीले निरन्तर प्रयास गरेका हुन्। रावलनिकट एमाले नेता झपट रावल पनि ओली-रावल संवादहीनताको अन्त्यको जस शाहीलाई दिन्छन्।

यद्यपि रावलले अध्यक्ष ओलीसँग सामान्य भलाकुसारी मात्रै भएको बताएका छन्। भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै रावलले भने, ‘भेट नभएको धेरै भएको थियो। एकअर्कासँग भलाकुसारी भयो। देशको स्थिति, पार्टीको अवस्था कस्तो छ, आफ्ना सोच दृष्टिकोण कस्ता छन् भन्ने कुरा भयो। फेरि कुराकानी गरौं भन्ने मात्र भयो।’

मंगलबारको भेटले ओली र रावललाई संवादका लागि ‘संयन्त्र’ आवश्यक नपर्ने परिस्थिति सिर्जना गरेको रावलनिकट नेताहरुको भनाइ छ। झपट रावल भन्छन्, ‘अब आवश्यक परेको जुनसुकै समय भेटेर वा फोनमै दुई नेताहरुबीच कुरा गर्ने परिस्थिति बन्यो। यसले आगामी दिनमा सम्बन्ध अझै हार्दिक बनाउने सम्भावना बढेको छ।’

२०७८ मंसिर १०-१२ मा चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा रावलले अध्यक्ष पदमा ओलीविरुद्ध उम्मेदवारी दिएका थिए। त्यसपछि बढेको ओली-रावल दूरी घटाउने प्रयत्न यो बीचमा गरिएको थियो। तर, सम्भव बल्ल भएको हो। 

रावलप्रति सकारात्मक ओली!
एमाले अध्यक्ष ओलीले रावलसँग संवाद गर्न पहिले वार्ता कमिटी बनाए। अहिले आफैंले दुई घण्टा अन्तरंग गरे। ‌ओलीनिकट नेताहरुका अनुसार रावललाई हेर्ने दृष्टिकोणमा अहिले बदलाव आएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

चितवन महाधिवेशनमा ओलीले बनाएको सूचीलाई चुनौती दिने अग्रपंक्तिका दुईजना नेता थिए, रावल र घनश्याम भूसाल। रावलले पार्टीमै संघर्ष गरे। पार्टीकै लागि बोलिरहे। पार्टी परित्याग गरेनन्। गत महाधिवेशनमा रावल र भुसाल दुवैलाई टिकट दिइएन। भुसालले पार्टीबाट विद्रोह गरे। स्वतन्त्र उम्मेदवारी दिएर सत्ता गठबन्धनको साथ लिए पनि जित्न सकेनन्। उनी अहिले एकीकृत समाजवादीको महासचिव बन्न पुगेका छन्।तर, परिस्थिति आफ्नो पक्षमा नहुँदा पनि रावल एमालेमै अडिए।

एमाले नेताहरुका अनुसार अध्यक्ष ओलीले रावलको यो भावनालाई अहिले बुझेका छन्। ‌ओलीपक्षीय नेता शाही भन्छन्, ‘कम्युनिस्ट नेताहरु मूल पार्टीसँग रिसाएपछि दरबार पस्ने, राजावादी बन्ने, कांग्रेस बन्ने र अर्कै पार्टी खोल्ने इतिहास छ। तर, रावलले त्यस्तो बाटो रोजेनन्। यसलाई अध्यक्षज्यूले सकारात्मक रुपमा लिनुभएको छ।’

कुनै समय रावलले आफूलाई पार्टीबाट कारबाही गरेको भन्दै निरन्तर आलोचना गरेका शाही गत असोजदेखि रावललाई एमालेले उचित जिम्मेवारी दिनुपर्ने भन्दै लबिङ गरिरहेका छन्। असोजमा शाहीले रावललाई जिम्मेवारी दिनुपर्ने बताउँदै अध्यक्ष ओलीले '‘को रावल?’ भन्दै नजरअन्दाज गरेका थिए। तर, शाही भने रावलको सक्रियताबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी पश्माचिममा संगठन बलियो बन्ने मत निरन्तर राखिरहेका छन्।

‘बुढो’ रावलको आवश्यकता
चुनावअघि अध्यक्ष ओलीले सुदूरपश्चिमका केही जिल्लामा सभा गरे। सभामा उपस्थितहरुबाट ‘भीम रावल खोई’ भनेर माग नै भयो। तर, ओलीले रावलको प्रभावलाई नजरअन्दाज गरे। ओली उल्टै प्रतिवादमा उत्रिए, ‘भीम रावलको तपाईंलाई किन चिन्ता पर्‍यो? २०४८ सालदेखि एकछिन मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या? के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रावलले त्यहीबेला ओलीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदांग भएको बताएका थिए। उनले भनेका थिए, ‘म ६७ वर्ष लागेकालाई ‘बुढो’ भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो? मभन्दा उमेर बढी भएका अरुलाई उम्मेदवारका लागि किन सहमति दिनुभयो?’

ओलीको नजरमा त्यो समय ‘बुढो’ बनिसकेका रावल सुदूरपश्चिममा एमालेको साख फर्काउन अहिले आवश्यकता बनेका छन्। ओली पक्षका नेता एवं सांसद दयाल शाही भन्छन्,  ‘कुनै समय १८ मा १६ जितेको एमालेले अहिले जम्मा दुई सिट जितेको छ। त्यसकारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी पश्चिमका लागि एमालेले केही फरक तरिकाले सोच्नैपर्छ।’

चुनावअघि माओवादी केन्द्रबाट एमालेमै बसेका लेखराज भट्टबाट रावललाई प्रतिस्थापन गर्ने ओली रणनीति थियो। त्यहीअनुसार ओली पक्षका सुदूरपश्चिमका नेताहरु सक्रिय भए। तर, भट्टबाट सुदूरपश्चिम प्रदेश नधानिने गएको निर्वाचनले देखायो। भीम रावलबिनाको एमाले सुदूरपश्चिममा भारी गिरावट आयो। भट्ट आफैंले पनि चुनाव जित्न सकेनन्। अछामबाट २०४८ देखि निरन्तर प्रतिनिधि सभाको निर्वाचन लड्दै आएका रावललाई टिकट नदिई एमालेले रावलको चुनावी क्षेत्र अछाम-१ मा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेका झपट बोहोरालाई टिकट दिएको थियो। उक्त क्षेत्रमा बोहोरा एमालेबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरसँग पराजित भए।

सुदूरपश्चिममा ‘भट्ट कार्ड’ खेल्नुको पछाडि ओली पक्षका नेताहरुको ब्रिफिङ पनि थियो। रावलबिना पनि सुदूरपश्चिममा एमालेले राम्रो मत ल्याउने चुनावअघि ओलीनिकट नेताहरुले ब्रिफिङ गरेका थिए। चुनावी परिणाममा रावल पाखा लागेकै कारण कम्तिमा तीन सीट प्रत्यक्ष र झण्डै तीन लाख हाराहारीमा भोटसमेत गुमाएको एमालेहरुको विश्लेषण छ।

ओली गुटकै तिक्तता
सुदूरपश्चिममा रावलको निष्क्रियतापछि ओलीगुटका नेताहरुको हालीमुहाली भयो। तर, ओलीगुटका समकक्षी नेताहरुबीच एकले अर्कोलाई सहज रुपमा नस्वीकार्ने परिस्थिति बनेको छ। अहिले ओलीगुटकै नेताहरुबीच तिक्तता बढ्दो छ। यसले पार्टीलाई थप क्षति पुग्ने ब्रिफिङ उक्त प्रदेशका नयाँ ईञ्चार्ज छविलाल विश्वकर्माले बालकोटलाई सुनाएको बुझिएको छ।

पार्टीको अर्को गुटलाईसमेत मिलाउने समयमा आफ्नै गुटमा बढिरहेको तिक्तता अध्यक्ष ‌ओलीले नजिकबाट नियालिरहेका छन्। ओलीसँग असीम लगाव रहेका नेताहरु कर्ण थापा, दामोदर भण्डारी, राजेन्द्र रावल र दयालबहादुर शाहीहरुका भाष्यमा अन्तरद्वन्द्व झल्किन्छ।

ओलीगुटमै तर फरक लाइन लिन लागिरहेकाहरुलाई ‘साइज’मा राखेर सुदूपश्चिममा एमाले बलियो बनाउन फेरि रावललाई नै अघि सार्नुपर्ने अवस्था बनेको छ। आफ्नै प्रतिष्पर्धाका कारण ओलीसँग नजिक-टाढा हुने नेताहरु फरक तरिकाले प्रस्तुत हुन थालेका छन्। ओलीको विकल्पमा सोही गुटकै पूर्व नेता पूर्वराष्ट्रपति विद्या भण्डारी अघि सार्नुपर्नेसम्मका विचार आउन थालेका छन्।

सुदूरपश्चिममा ‘ओलीको सिपाही’ कर्णबहादुर थापा अहिले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई ‘पार्टीले खोजिरहेको’ बताउन थालेका छन्। ओलीको यो कार्यकालपछि नेतृत्वका लागि अर्को पुस्ता विभाजित हुनुभन्दा उक्त विकल्प सही रहेको उनको बुझाइ छ। तर, उनको अभिव्यक्तिमा बालकोट सकारात्मक नभएको केही दिनअघिको पत्रकार सम्मेलनमा देखियो। पूर्वराष्ट्पति भण्डारी पार्टीमा फर्किने विषयलाई खण्डन गर्दै उनले भने, ‘पार्टीभित्र समस्या ल्याउने कोसिस भइरहेको छ।’

सुदूरपश्चिमकै ओलीगुटका नेता थापाले यसरी बोल्नु र ओलीले रावल भेट्नु ‘बाघ कराउनु र बाख्रो हराउनु’ जस्तै बनेको छ। आफूलाई लागेको कुरा प्रस्ट राख्ने स्वभाव भएकाले दाउपेचका राजनीतिमा कुनै रुचि नभएको थापा बताउँछन्। रावलका विषयमा भन्छन्, ‘राष्ट्रिय शक्ति एमाले नै हो। यस्तो संकटका घडीमा नेताहरुलाई जिम्मा-जिम्मेवारी दिएर अघि बढ्नुपर्ने हामीले नै बताएका हौं र यो भेटघाटको माहोल पनि हामीले नै मिलाएका हौं।’

एमाले फुटेर एकीकृत समाजवादी बन्ने क्रममा सबैभन्दा धेरै क्षति सुदूरपश्चिममै भएको थियो। सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा ठूलो संसदीय दल एकीकृत समाजवादीको बनेको थियो। अहिले भने संघीय संसद्‌मा सुदूरपश्चिमबाट एकीकृत समाजवादीका तीन सांसद् प्रत्यक्ष निर्वाचित छन्, जबकी एमालेका दुई मात्रै छन्।

एकीकृत समाजवादी पार्टीले गति लिन नसकिरहेको अवस्थामा एमालेमै नेता-कार्यकर्ता फर्किने क्रम चलेको छ। तर, सुदूरपश्चिममा त्यो क्रमले अपेक्षित रफ्तार पकडेको छैन। रावलको पार्टीमा सक्रियता बढ्दा एकीकृत समाजवादीबाट नेता-कार्यकर्ता फर्काउने सम्भावना पनि बढ्नेछ। किनभने एकीकृत समाजवादी रोज्ने अधिकांश नेता-कार्यकर्ता रावलनिकट हुन्।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधवार संसदीय सुनुवाइ समितिमा आफ्नो योग्यता, अनुभव तथा कार्य योजना प्रस्तुत गर्दै उनले दुई देशबीचको सात दशक लामो ऐतिहासिक सम्बन्धलाई... बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले आरक्षणको आधारमा सिफारिस हुनुभएको हो ? भन्ने आरोपपछि यस्तो जवाफ दिए... बुधबार, असोज २८, २०८३
आदिवासी जनजाति सहमहामन्त्रीमा बहादुरसिंह लामा तामाङ विजयी, पाए ३२४५ मत उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्