• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सदन: बोलेर रेकर्ड राख्नेभन्दा बोल्नै नदिइ रेकर्ड राख्नेतिर!

64x64
किशोर दहाल बिहीबार, साउन ३२, २०८०  ०९:१०
1140x725

काठमाडौं- मंगलबार बालुवाटारमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद्‌मा जारी अवरोधप्रति असन्तुष्ट देखिन्थे। एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक संवाद गरे तापनि बालुवाटारको सहमति नयाँ बानेश्वर पुग्दानपुग्दै भाँडिने गरेको उनको भनाइ थियो। त्यसलाई संश्लेषण गर्दै उनले भने, ‘एमालेलाई संसद् नचले नचलोस् भन्ने भएको छ।’

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित नेकपा एमालेले सुरु गरेको संसद् अवरोध तेस्रो हप्तासम्म कायम छ। सम्भवतः भदौ ३ को प्रतिनिधि सभा र भदौ ५ को राष्ट्रिय सभा बैठक पनि अवरोध नै हुनेछ। प्रधानमन्त्री प्रचण्डको असन्तुष्टिको सार त्यही हो।

गत जेठ र असारमा पनि एमालेले संसद् अवरोध गरेको थियो। तर सहमतिमार्फत् केही दिनमै खुलाइएको थियो। पछिल्लो समय भने तीन हप्तादेखि संसद् अवरोध भइरहेको छ। निरन्तरको अवरोधका कारण सदन नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन। यसबीचमा सभामुख देवराज घिमिरेले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूको बैठक बोलाएर छलफलसमेत गरेका थिए। पछिल्लो पटक साउन २२ गते सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा दुई पटक भएको छलफल निष्कर्षमा पुग्न सकेको थिएन। सरकारका मन्त्रीहरु, विभिन्न पार्टीका प्रमुख सचेतक र सचेतकहरूसँग पनि उनले पटक–पटक संवाद गरेको तर निकास ननिस्किएको सभामुखका प्रेस संयोजक शेखर अधिकारी बताउँछन्।

‘सभामुखले सत्तापक्ष र प्रमुख प्रतिपक्षलाई निरन्तरको सदन अवरोध कुनै पनि हालतमा ठीक नभएको भनिराख्नुभएको छ’, अधिकारीले भने, ‘सत्तापक्षलाई सदन खुल्ने वातावरण बनाउन र प्रतिपक्षलाई पनि सहमतिका लागि सरकारसँग संवाद र छलफल गर्न भन्नुभएको छ। उहाँले दुवै पक्षलाई कमसेकम सदनको अवरोधचाहिँ हटाइदिन भन्नुभएको छ।’

२३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख दलहरुको शीर्ष नेताको बैठकले आंशिक निकास निकालेको थियो। जसअनुसार, त्यसैदिन बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सबै दलका एकएक जना सांसदले बोल्ने र सुन प्रकरण लगायतका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेसम्मको सहमति भएको थियो। गृहमन्त्रीले जवाफका क्रममा उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता व्यक्त नगरे एमालेले बैठक अवरोध गर्ने बतायो। बैठकमा गृहमन्त्रीले बोले तर तत्काल समिति गठन नगर्ने प्रष्ट पारे। पूर्वघोषणाअनुसार एमालेले बैठक अवरोध गर्‍यो।

एकातिर सदनको अवरोध हटाउन औपचारिक संवाद तीव्र हुन सकेको छैन, अर्कोतिर सांसदहरुले सार्वजनिक सरोकारका कैयौं विषयमा बोल्न पाएका छैनन्। सदनको एउटा मुख्य काम मानिने कानुन निर्माण पनि ठप्प छ। सदनमा बाढी-पहिरो डेंगु, आँखा पाक्ने रोग, लम्पिस्किन लगायत पछिल्लो समय चर्चामा रहेका विषय ढुक्कसँग प्रवेश हुन सकेको छैन। कतिसम्म भने, सदन अवरोधको कारण बनेको सुन तस्करी प्रकरणमै पनि फरक–फरक पार्टीका सांसदहरूले फरक–फरक कोणबाट धारणा राख्न पाएका छैनन्। यसबीचमा दर्ता भएका केही सार्वजनिक महत्त्वका प्रस्तावमाथि पनि छलफल हुन सकेको छैन। विविध विषयमा सांसदहरुको तयारी त्यतिकै खेर गइरहेको छ।

सोमबारको प्रतिनिधि सभा बैठक अवरोध भएपछि सदनबाहिर बोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुले सदनमा धेरै कुरा भन्नुपर्ने भए पनि नपाएको बताएका थिए। भनेका थिए, ‘हामी आफ्ना मुद्दाहरु राख्न चाहन्थ्यौं। हामीसँग सूचनाहरू छन्। हामीले उठान गर्नुपर्ने विषयहरू धेरै छन्।’ प्रतिनिधि सभाको त्यस दिनको बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सुनिल शर्मा र एमालेका सांसद मानवीर राईलाई आकस्मिक समयमा बोल्नका लागि समय दिएका थिए। तर राई बोलिनसक्दै सभामुखले शून्य समयको कार्यक्रम सुरु गरेका थिए। आफूहरूलाई समय नदिइएकोमा लामिछानेले असन्तुष्टि जनाउँदै सदन ‘हाइज्याक’ भएको बताएका थिए।

यो पनि पढ्नुहोस्

सदनबाहिर रास्वपाको 'आकस्मिक समय' !

सदन निरन्तर अवरोध हुन थालेपछि रास्वपाले नै रचनात्मक विरोधको कार्यक्रम समेत अपनाएको छ। सो पार्टीले साउन २४ गते पनि सदनबाहिरै सांकेतिक रुपमा सदनको अभ्यास गरेका थिए, सामूहिक रुपमा आफ्ना विषय पत्रकारमाझ प्रस्तुत थिए। साउन २९ गते पनि त्यस्तै प्रयास गरे। साउन २६ गते सभामुखलाई पत्र नै बुझाएर प्रतिनिधि सभाको बैठक नियमित गराउन सचेत गराएका थिए। पत्रमा नै उनीहरुले राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा नलिने प्रतिबद्धता जाहेर गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

‘प्रतिनिधि सभाको जारी अधिवेशनमा सरकारले अनुसन्धान गरिरहेको अवैध सुनकाण्डका सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानबिन समितिको माग गरेर सदन अवरुद्ध गरिरहेको र सत्तापक्षले सो प्रक्रियामा जान अस्वीकार गरी विगत लामो समयदेखि जनताको सार्वभौम सदन अवरुद्ध छ। जनताको सार्वभौम संसद् यसरी अवरुद्ध भइरहँदा जनताको मुद्दा, दैनानुदिनका समस्या र राष्ट्रमाथि परेका संकटहरूका विषयमा सदनमा कुरा राख्न नपाउँदा सांसदहरूको सार्वभौम अधिकार हनन हुन पुगेको छ’, पत्रमा भनिएको थियो, ‘तसर्थ, सम्माननीय सभामुख महोदयलाई हाम्रो पार्टी जारी अधिवेशन नियमित गर्न आवश्यक पर्ने पहलकदमी लिइदिनुहुन र सबै जिम्मेवार राजनीतिक पार्टीहरुलाई यसतर्फ सजग गराइदिनुहुन विनम्र अनुरोध गर्दछ।’

तर सदन खुलाउन मुख्य भूमिका निर्वाह गर्नुपर्ने तीन ठूला दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र भने गम्भीर हुन सकेको देखिँदैन। नयाँ राजनीतिक दलका प्रतिक्रियाबाट दबाब मससुस गरेको पनि देखिँदैन। परिणामतः संघीय  संसद्‌का दुवै सदन पटक–पटक अवरोध भइरहेका छन्। जसले गर्दा सदनमा बोलेर आफ्ना विषय सुदूर भविष्यसम्म रेकर्ड गराउन चाहने सांसदले अवसर पाइरहेका छैनन्। सोमबार नै लामिछानेले भनेका थिए, ‘कैयौं यस्ता संवेदनशील विषयहरु हुन्छन्, जसलाई संसद्को रेकर्डमा राख्नुपर्ने हुन्छ। एउटा जेनेरेसनले अर्को जेनेरेसनलाई दिने सूचनाहरु हुन्छन्।’ तर, निरन्तरको अवरोधले लामिछाने लगायतका सांसदहरुले त्यो अवसर गुमाउँदै गएका छन्। समग्र सदन बोलेर रेकर्ड राख्नेभन्दा बोल्न नदिइएर रेकर्ड कायम हुने परिस्थितिको पुनरावृत्त खेप्न अभिशप्त हुने देखिँदैछ। 

अहिलेको स्थिति यथावत् रहेमा सदन खुल्ने दुई विकल्प छन्- कि एमालेले माग गरेअनुसार उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार हुनुपर्छ, कि एमाले नै त्यस किसिमको छानबिन समिति गठनको मागबाट पछि हट्नुपर्ने हुन्छ। तर, दुवै पक्ष आफ्नो अडानबाट पछि हट्न चाहेको देखिँदैन। सत्ता साझेदार र प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेसले त संसदीय दलको बैठकबाटै सुन तस्करी प्रकरणको छानबिन सीआईबीले नै गर्ने भनेर प्रष्ट अडान लिएको छ। जसले सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाईसमेत राहत पुगेको छ। उसले बलियो मेरुदण्ड पाएको छ।

सदन अवरोधकर्ता दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी आफूहरुको मागबाट पछि हट्ने वा अन्य तरिकाबाट दबाब जारी राखेर सदनको अवरोध खुलाउने सम्भावना नरहेको बताउँछन्। ‘उच्चस्तरीय छानबिन समिति नबन्दासम्म र तस्करहरूलाई कारबाही हुने कुरा सुनिश्चित नहुँदासम्म हाम्रो विरोधका कार्यक्रम यथावत् नै राख्छौं। यसमा हामीले कम्प्रोमाइज गर्ने स्थिति छैन’, उनले भने।

विगतमा एमालेकै नेतृत्वमा हुने गरेको संसद् अवरोधले रेकर्ड कायम गरेको छ। उसले २०५७ सालमा एउटा अधिवेशन र २०७८ मा दुइटा अधिवेशन नै अवरोध गरेको थियो। साथै सरकारको नेतृत्व गरेका बेलामा २०७७ मा प्रतिनिधि सभा विघटन गरेको थियो। त्यसैले आलोचकहरू सत्तामा हुँदा संसद् विघटन र प्रतिपक्षमा हुँदा अवरोध गर्ने एमालेको छवि बन्दै गएको बताउँछन्। त्यसलाई एमालेले गम्भीरतापूर्वक लिएको देखिँदैन। गिरी भन्छन्, ‘अहिलेको अवरोध हाम्रो आग्रहले भएको होइन। सरकारको अकर्मण्यताको कारणले भएको हो।’

माओवादी केन्द्रकी सचेतक रुपा सो.शी (चौधरी) भने सुन तस्करी प्रकरणमा सीआईबीले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति गठन नहुने बताउँछिन्। विगतमा बनेका आयोगले पनि राम्रो प्रभाव नछाडेकाले त्यसको औचित्य नरहेको पुष्टि हुने उनले बताइन्। सदन खोल्ने नाममा उच्चस्तरीय छानबिन आयोग गठन गर्न सहमत हुन नसकिने उनले बताइन्। ‘एमालेले भनेजस्तो आयोग बनाउने कुराको तुक छैन’, उनले भनिन्, ‘सदन खुलाउनका लागि एमालेले आफ्नो माग छोड्नुपर्छ। र सीआईबीलाई नै मद्दत गर्नुपर्छ।’

सम्बन्धित समाचारहरुः
एमाले आफैंले सम्झाइरहेको ५७ दिन लामो त्यो संसद् अवरोध
५७ साल भाग दुई: अन्त्य हुँदै निरन्तर अवरोध झेलेको संसद् अधिवेशन  
एमालेको नयाँ रेकर्ड : लगातार दुईटा संसद् अधिवेशन अवरोध, नाराबाजीमा बित्यो १४३ दिन
सभामुख–एमालेको तिक्तताले ‘डेडलक’मा संसद् : कहिले भेटिन्छ मिलनबिन्दु?
सभामुखको च्याम्बरमै पुगेर एमाले सांसदहरूले दिए धम्की- 'बल प्रयोग गर्नुपर्ने हुनसक्छ'
बेहाल विधायिका : बेपरवाह सरकार र शिथिल संसद्को परिणाम
सरकार बनाउन उस्ताद, कानुन बनाउन उदासीन
तीन दलबीच सहमति, संसदीय गरिमामा प्रहार !
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्त... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्