विराटनगर– विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोटन गराएको आरोपमा पक्राउ परेका ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ परेका सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ३ हरिनगर, नयाँ टोलका २० वर्षीय अभिमन्नु गिरी, सुखिपुर नगरपालिका ५ का २४ वर्षीय रामरिझन यादव र मोरङको जहदा गाउँपालिका २, हरिनगराका मनोजकुमार सिंहलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।
गत साउन २७ गते विराटनगर महानगरपालिका मेयरको कार्यकक्षमा बम विष्फोटन गराएको उनीहरुमाथि आरोप छ। तीनै जना भूमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)सँग आबद्ध रहेको प्रहरीले जनाएको छ।
महानगरपालिका कार्यालय बाहेक अन्य विभिन्न संवेदनशिल स्थान तथा कार्यालयहरूमा बम बिष्फोट गराई सर्वधारणलाई आतंकित बनाउने उनीहरूको योजना रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरीले जिल्ला अदालत मोरङबाट विस्फोटक पदार्थ सम्बन्धी कसुरमा म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।