काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै सार्वजनिक सवारीको भाडामा पनि वृद्धि भएको छ। निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा ४ रुपैयाँ र डिजेलमा १४ रुपैयाँ बढाएको थियो।
इन्धनको मूल्यमा वृद्धि भएपछि बुधबारदेखि नै लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडामा वृद्धि गरेको हो।
विभागले जारी गरेको सूचना अनुसार यात्रुहरुका लागि साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि भएको छ।
कहाँको भाडा कति?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।