डडेलधुरा– डडेलधुरामा एक बालिका मृत फेला परेकी छन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन्।
उनी रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो (मंगलबार) दिउँसो घरबाट माछा मार्न भनि खोलातिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो।
खोजीकै क्रममा उनमो शव बुधबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले जानकारी दिए। बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको अवस्थामा शव फेला परेको बडुले जानकारी दिए। घटनाकोबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।