काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँले बढाएको हो।
निगम सञ्चालक समिति बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको छ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
![363773934_1328277407817134_8549083582725608621_n1692114784.jpg](https://nepallive.net/uploads/posts/363773934_1328277407817134_8549083582725608621_n1692114784.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।