फाइल तस्बिर
काठमाडौं- एयर इन्डिया विमानको ह्विल लक भएपछि त्रिभुवन विमानस्थलमा ५७ मिनेट उडान प्रभावित भएको छ।
काठमाडौंदेखि भारतको नयाँदिल्ली उडानको तयारीमा रहेको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा अड्किएको थियो। उडान नम्बर २१६ को जहाजको ह्विललक भएका कारण धावनमार्गमै अड्किएपछि तानेर पार्किङमा राखेर उडान सुचारु गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
जहाज धावनमार्गमा अड्किँदा ५७ मिनेट त्रिभुवन विमानस्थलमा उडान र अवतरण नै रोकिएकोमा अहिले उडान सुरु भइसकेको जानकारी उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।