• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

३७ रातमा ‘महानगर’ को कथा भन्ने निर्देशक

64x64
समर्पण श्री बुधबार, साउन ३१, २०८०  ०८:१३
1140x725

...त्यतिबेला मोहन राई जागिरे थिए। फिल्म बनाउने सपना बोकेर काठमाडौं पसे पनि जागिरे जीवनबाट नअलग्गिकन उनले निर्देशनको आँट गरेका थिएनन्। 

एकदिन एकजना नजिकका फिल्म निर्देशक साथीले भने, ‘मोहन, एउटा फिल्म बनाऊँ।’

‘न स्क्रिप्ट छ, न पैसा। कसरी बन्छ?,’ मोहनले अचम्मित हुँदै सोधे।

‘रामगोपाल बर्माले ७ दिनमा फिल्म बनाउँछ यार। तिमी स्क्रिप्टको कुरा गर्छौ,’ साथीले हौस्याए।

उनले ४/५ लाखमा फिल्म बनाउन सकिने विश्वास दिलाए। मोहनले सोचे, ‘धेरै वटा फिल्म बनाइसकेको निर्देशक हो। के चाहिँ गर्दा रहेछन् हेरौँ न।’

त्यसपछि ती साथीले सोधे, ‘तिमीसँग केही स्टोरी लाइन होला नि।’

मोहनसँग टाढाबाट सहर पसेका दुई पात्रको रातको कथा थियो। त्यो पनि काँचो। उनले त्यही काँचो कथा साथीलाई सुनाए। सुनेपछि साथीले भने, ‘यति भएपछि फिल्म बन्यो।’

कीर्तिपुरमाथिको गाउँमा फिल्म खिच्न सुरु भयो। केटा र केटी दुई पात्र थिए। टिम सानो थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मोहनलाई एउटा काम सोच्दा नै कठिन लाग्थ्यो, ‘निर्देशकले एक्टरहरूसँग कसरी काम गर्छन् होला?’ उनले साथीलाई यसबारे सोध्थे, ‘कलाकारलाई अभिनय कसरी गराउने?’

‘ह्या मोहन, के चिन्ता गरेको। त्यो एक्टरलाई क्यारेक्टरभित्र पसाइदेऊ न। भै’गयो नि,’ साथीले दुनियाँकै सबैभन्दा सजिलो काम जसरी बताइदिन्थे। 

त्यो सुटिङमा मोहनको चासो थियो, ‘क्यारेक्टरभित्र एक्टरलाईचाहिँ कसरी पसाउँदो रहेछ।’

तर एक रातको घटनाले सबै कुरा बिथोलियो। गाउँका मान्छेहरू राति सुटिङ हेर्न पुग्थे। एकजना व्यक्ति सधैंजसो पुगिरहेका हुन्थे। सधैंजसो जाने ती व्यक्ति एक साँझ रक्सी सेवन गरेर आएछन्। उनी हल्ला गर्न थाले। मोहनहरू ती व्यक्तिलाई सम्हाल्न खोज्दै थिए। काम गरिरहेका निर्देशकलाई रिस उठ्यो। उनले ठूलो स्वर गर्दै ती व्यक्तिलाई झपारे।  ‘त्यसरी झपारेको व्यक्ति त गाउँका दादा रहेछन्। गाउँभरिका मान्छे बोकेर ल्याए। सुटिङ बिथोलियो,’ मोहन सम्झन्छन्।

हैरानी खेपिरहेका निर्देशकले केही दिन विश्राम लिऊँ भने। केहीदिन विश्राम लिएपछि निर्देशकले भने, ‘मोहन, अब नगरौँ। मलाई कम्फर्टेबल भएन।’

साथीले सहज भएन भनेपछि मोहनले मनमनै ठाने, ‘न स्क्रिप्ट न कथा। कसरी कम्फर्टेबल हुन्थ्यो र।’

फिल्म त नबन्ने नै भयो। तर नबनेको फिल्मले दुई जनाको सम्बन्धचाहिँ सधैंका लागि जोडिदियो। ‘फिल्मको हिरोइन र असिस्टेन्ट डाइरेक्टरको लभ पर्यो। उनीहरूको बिहे पनि भयो। अहिले ती एसिस्टेन्ट डाइरेक्टर नेपाली फिल्म उद्योगमा निर्देशक छन्,’ मोहन हाँस्दै सुनाउँछन्।

वर्षहरू फेरिए। मोहनको जागिरे जीवन फेरियो। फिल्मप्रतिको बुझाइ पनि फेरियो। मोहनको मस्तिष्कमा हुर्किरहेको काँचो कथाले पनि आकार लिँदै गयो। पाकेर स्वादिलो बन्दै गयो। एक समयमा पुगेपछि उनले निर्णय गरे, ‘अब यही विषयमाथि फिल्म बनाउँछु।’

त्यही आकार नलिएको कथाको तान बुन्दै बुन्दै पूर्ण भएपछि बनेको फिल्म हो ‘महानगर’। विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा छनोट भएर अवार्डसमेत जितेको यो फिल्म आगामी भदौ ८ गतेबाट सिनेमाघरहरूमा प्रदर्शन हुँदैछ।

कलाकार खोज्न पोल–पोलमा सूचना
मोहन राति अबेरसम्म काम गर्न रुचाउने स्वभावका। उनी रातमा बेला बेलामा यो विरानो सहरबारे सोचिबस्थे। सोच्दा उनलाई यो सहर कहिल्यै आफ्नो लाग्थेन। उसो त अहिले पनि काठमाडौं मोहनलाई पराइजस्तै लाग्छ।

काठमाडौं भित्रने युवाहरूको सपनालाई रातको आँखाबाट देखाउनु थियो मोहनलाई। सहरमा अट्न खोजेको तर अटाउन नसकेको मान्छेको कथा देखाउनु थियो। 

उनले २०१५ बाट फिल्मको तयारी थाले। 

अब कलाकार को खोज्ने त?

उनका कथामा दार्जिलिङबाट काठमाडौं आएका पात्रहरू थिए। सोचे, ‘दार्जिलिङकै पात्र कास्ट गराउँछु।’ उनी कलाकार खोज्न दार्जिलिङ पुगे। सुनेका थिए, ‘त्यहाँ त प्रतिभाका खानी छन्।’ तर आशा बोकेर पुगेका मोहन आफूले चाहेको कलाकार नपाउँदा निराश भएर फर्किए।

उनले नेपालकै नयाँ कलाकारलाई कास्ट गराउने सोचे। तर कथाले मागेजस्तो क्यारेक्टर पाउनै मुस्किल। ‘हामीले पोल पोलमा कलाकार आवश्कता भनेर लेखिएको सूचना टाँस्यौँ। डिजिटल सूचना पनि जारी गर्यौँ। कुनै चित्तबुझ्दो कास्ट भेटिएन,’ उनी सुनाउँछन्।

अन्त्यमा उनी चलेकै कलाकार लिने निर्णयमा पुगे। त्यसपछि कार्म र मेनुका प्रधानलाई उनले कास्ट गराए। अहिले फिल्म हेरिसकेका दर्शकहरूले मेनुका र कार्मको कामलाई लिएर तारिफ गरिरहेका छन्।

३७ रातका अनेक सकस
मोहनले स्क्रिप्ट लेख्दा रातमा सहरलाई जति एकान्त कल्पेका थिए। सुटिङका बेला अनुभू गरे, त्यति एकान्त पनि हैन रहेछ। कुनै कुनै ठाउँमा मध्य रातमा पनि मान्छेका भीड देखिन्थे। कतिपय ठाउँमा त सुटिङ गर्न पनि गाह्रो भयो उनलाई। 

‘दरबारमार्गको एकापट्टि पूरै खाली छ। अर्कोपट्टि कुनै पनि बेला खाली हुँदैन। साथीहरूले नसकेपछि म आफैं गएर गाडी रोक्न पनि खोजेँ। कतिपय बेला गाडीले हानेको पनि छ हामीलाई,’ मोहन सम्झन्छन्।

एकजना दर्शकले फिल्म हेरेपछि यौटा कमेन्ट पनि गरेका छन्, ‘तपाईंले देखाएजस्तो शुन्यचाहिँ छैन है काठमाडौं।’

मोहनलाई अहिले लाग्छ, खाली सडकै नदेखाएको भए पनि हुने। ‘तर जे गरियो, स्क्रिप्ट अनुसार नै गरियो,’ उनी भन्छन्। 

रातमा सुटिङ गर्दाका थुप्रै चुनौती झेलेका छन् मोहनले।

३७ रात अनिँदो भएर काम गर्दा कलाकारहरूको आँखा थाकेका थिए। हरेक रात कठिनाइ बढ्दै जान्थे। मोहन भने  दिउँसो ४ घण्टामात्र सुत्थे। बाँकी सिंगो समय उनी काम गर्थे। 

एकपटक पाटन दरबार स्क्वायरमा सुटिङ थियो। खिच्नेबेलामा लाइट म्यानले  मन्दिरको छतमा लाइट राखेछन्। बिहान त स्थानीयले थाहा पाएछन्। ‘त्यहाँ चढ्न त के छुन पनि नमिल्ने रहेछ। उहाँहरू एकदमै रिसाउनुभयो। सुटिङ गर्न दिनुभएन,’ मोहन सम्झन्छन्। 

Mahanagar_Film_shooting1692152635.jpg

कम्तिमा रातभरको काम त्यही मन्दिरमा गर्नुपर्ने थियो। अनुनय विनय गरिसकेपछि स्थानीयले आधा घण्टा समय सुटिङका लागि दिने भए। तर ‘हामीलाई धेरै चाहिन्छ भन्यो भने त्यति पनि गर्न दिनेवाला छैन। तर पछि जसलाई मनिटर गर्न राखिएको थियो उहाँले सहयोग गर्नुभयो,’मोहन सम्झन्छन्।

सुटिङको बखत एउटा रमाइलो किस्सा पनि सुनाउँछन् मोहन। कथामा राति पसल सबै बन्द भइसकेपछि केटीलाई भोक लाग्छ। उसले आँपको रूखबाट आँप चोरेर खानुपर्ने हुन्छ। थापाथलीनिर आँपको बोट त थियो। तर आँप थिएन। ‘हामीले तराईबाट आँप मगाएर बोटमा सबै बाँधेर सुटिङ गर्यौँ,’मोहन सुनाउँछन्।

आशावादी निर्देशक
मोहनले मार्क टाभिस्को ‘डाइरेक्टिङ फिचर फिल्म्स’लाई नेपालीमा अनुवाद गरेका थिए। केही महिनाअघिमात्र उनको अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक पनि भएको थियो। मोहनलाई सोध्यौँ, ‘मार्क ट्राभिस्ले भनेजस्तै रहेछ फिल्म मेकिङ?’

मोहन भन्छन्, ‘फिल्म मेकिङबारे उहाँ जे भन्नुहुन्छ त्यो महत्वपूर्ण लाग्छ मलाई। यो पुस्तकमा फिल्म मेकिङको दर्शन छ। जसले मलाई काम गर्दा पनि प्रेरित गरिरह्यो।’

‘निर्देशकको यात्रा’ फिचर्ड फिल्म निर्देशन गर्नुअघि नै अनुवाद गरेका थिए मोहनले। पहिलो फिचर्ड फिल्ममा उनले आफूले जानेका र गरेका अध्ययनहरूको भरपूर प्रयोग गरे।

फिल्मलाई सिनेमाटोग्राफर नरेन्द्र मैनालीले खिचे, किशोर आर्चायले ध्वनि सम्पादन र पुष्पासंगमले संगीत भरे। निर्माता गोविन्द पराजुली यो यात्रामा प्रत्येक पाइलामा साथ रहे।

फिल्मको सम्पादन दुई चरणमा गरिएको थियो। सुरुमा उनीहरूले नेपालकै सम्पादकलाई सम्पादनको काम सुम्पेका थिए। चित्तबुझ्दो नतिजा आएन। त्यसपछि दीपक रौनियारले मुम्बईका एडिटर परिक्षित झालाई सिफारिस गरे। उनले नेपाल आएर मेहेनतका साथ काम गरे।

‘तपाईंले जस्तो बनाउँछु भनेर थाल्नुभयो। फिल्म त्यस्तै बन्यो त?’ 

जवाफमा मोहन भन्छन्, ‘एउटा आर्टिस्ट कहिले पनि सन्तुष्ट हुन्न रहेछ। योभन्दा बेटर गर्न सकिन्थ्यो भनेर जहिले पनि लाग्छ।’

तर मोहन सो कल्ड कमर्सियल धारका फिल्महरूको दबदबाको समय यस्तो फिल्म बनाउन साहसै जुटाएकोमा खुसी छन्। त्यसकारण बक्स अफिसमा जस्तो व्यापार गरे पनि फिल्मले तय गर्ने यात्रामा भने आशावादी छन्। 

बरु उनलाई सहरको कथा भन्न पुगेको छैन। बाहिरबाट आएर सहरमा बाँचिरहेका मानिसको पीडा अनि सपनाले सधैं घोचिरहन्छ मोहनलाई। बरु उनी एउटा खुलासाचाहिँ गरिहाल्छन्, ‘अर्को फिल्म पनि सहरकै थिममा बनाउने छु।’ 

यस्तो छ फिल्मको फेस्टिभल यात्रा 
० सन् २०२१ म कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर 

० अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ 

० इण्डस भ्याली इन्टरनेशनल फिल्म फेस्टिभल र भारतको जागरण फिल्म फेस्टिभलमा छनोट 

० निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड 

० नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन 

० इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा ‘मोस्ट इन्सिपिरेश्नल थीम’ अवार्ड तथा अभिनेता कार्मलाई अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्रदान

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ०८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
कंगाल करोडपति’को शुभ-मुहूर्त, बाढीपीडितलाई आर्थिक सहयोग प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह,... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्