• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्‌मा फरक देखिन खोजिरहेको रास्वपा, तर सभामुख ‘एमालेकै छाया’ बनाउन खोज्छन्? 

64x64
ईश्वर बराल मंगलबार, साउन ३०, २०८०  ०८:२५
1140x725

काठमाडौं– ‘हामी आफ्ना मुद्दाहरु राख्न चाहन्थ्यौँ। हामी जनताका मुद्दाहरु राख्न चाहन्छौँ। हामीले उठान गर्नुपर्ने विषयहरु धेरै छन्,’ एमालेको निरन्तरको संसद् अवरोधपछि रास्वपा सभापतिले दिग्दार भावमा सोमबार संचारकर्मी सामु भने।  १ क्विन्टल भनिएको करिब ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने मागसहित एमालेले साउन १० गते यता संसद् चल्न दिएको छैन। 

एमाले आफ्नो अडानबाट पछि नहट्ने, सत्तापक्ष उसको मागलाई स्विकार नगर्ने भएपछि संसद्ले त्यसको असर भोगिरहेको छ। र ‘नयाँ शक्ति’ भनिएको रास्वपा सत्ता र प्रमुख प्रतिपक्षीभन्दा अलग देखिने प्रयासमा छ। तर एमाले, रास्वपा र राप्रपा लगायत सबै प्रतिपक्षीहरु एकै हुन् भन्ने ‘आमधारणा’लाई चिर्न भने उसलाई हम्मे परेको छ। 

‘सभामुखको क्रियाकलापले सदन हाइज्याक भयो’
रास्वपा सोमबार भने अन्य प्रतिपक्षी भन्दा पनि सभामुखको भूमिकालाई लिएर आक्रामक देखियो। उसले सभामुखले सदन नै हाइज्याक गरेको गम्भीर आरोप लगायो। 

प्रतिनिधि सभाको सोमबारको बैठक १ बस्ने पूर्वसूचना थियो। तर बैठक करिब डेढ घण्टा ढिला गरी सुरु भयो। 

बैठक सुरु हुनेबित्तिकै एमाले सांसद जर्‍याकजुरुक उठे। सँगै कांग्रेस सांसद सुनिल शर्मा पनि उठेका थिए। सभामुखले कांग्रेस सांसद शर्मालाई समय दिएर अरुलाई बस्न आग्रह गरे। तर एमाले सांसदले होहल्ला गरेनन्, उठि भने रहे। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्रको प्रकरणमा पक्राउ गरे पनि अदालतको आदेशले छुटेका शर्माले आफूलाई गिरफ्तारी गरेकोमा प्रधानमन्त्रीले माफी माग्नु पर्ने र गृहमन्त्रीले राजीनामा दिनु पर्ने अन्यथा आमरण अनसन बस्ने घोषण गरे। सत्तापक्षीय सांसद, तर प्रतिपक्षकै मतसँग मिल्ने गरि शर्माले बोलेपछि एमाले सांसदले समर्थन गरे।  

Parliament_Birodh_UML_RSP1686060110.jpg

त्यसपछि सभामुखले एमालेका मानविर राईलाई बोल्ने समय दिए।  र अन्य सांसदहरुलाई क्रमैसँग बोल्न दिने बताए। तर राईले आफ्नो मन्तव्य नसक्दै सभामुखले शून्य समय प्रारम्भ भएको घोषणा गरे। लगत्तै, एमाले सांसदहरुले नारा लगाउन थाले भने रास्वपा सांसदहरुले टेबुल ठटाएर समय मागे। तर सभामुखले एमाले सांसदहरुलाई बस्न अग्रह गरिरहे भने एमाले सांसदहरु सुन प्रकरणमा छानबिन समिति गठन गर...भन्दै नारा लगाइ रहे। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिपक्षी बेञ्चमा रहेको रास्वपाका सांसदहरु भने बोल्न पाउँ भन्दै हातले समय माग्दै, टेबल ठटाउँदै उभिए। माइक खोल्न र अफूहरू बोल्न पाउनु पर्ने भन्दै रास्वपा सांसदहरुले सभामुखलाई संकेत गरिरहे।

१४ सांसद सहितको अर्को प्रतिपक्षी राप्रपा भने शान्तसँग बसिरहेको थियो। 

कम्तीमा ८ मिनेटसम्म यसले निरन्तरता पाएपछि सभामुखले सोमबारको सबै कार्यसूची हटाएर अर्को बैठक भदौ ३ बस्ने भन्दै सोमबारको बैठक स्थगित गरे। 

लगत्तै रास्वपा सभापति रवि लामिछानेले संसद् भित्रैबाट सामजिक संजालमा लेखे ‘सदन हाइज्याक (कब्जा) भयो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सभामुखको भूमिकालाई लिएर आक्रोशित भएका लामिछानेले त्यसलाई थप स्पष्ट पार्दै सदन बाहिर आएर भने, ‘संसद् हाइज्याक गर्न पाँइदैन। दल छोडेर सदन छिरिसकेपछि त्यो सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाँइदैन। त्यो व्यवहारले पनि पाँइदैन। क्रियाकलापले पनि पाँइदैन।’

लामिछानेले सुन प्रकरणमा आफूहरुलाई महत्त्वपूर्ण सूचनाहरु आएको र त्यसलाई सदनबाट भन्नु पर्ने भएकाले र जनताका समस्याका बारेमा सदन खुल्नै पर्ने, तर सभामुखको भूमिका सन्देहपूर्ण रहेको आरोप लगाए।

यो पनि पढ्नुहोस

सदनबाहिर रास्वपाको 'आकस्मिक समय' !

‘सुन प्रकरणमा केही महत्त्वपूर्ण सूचना थिए। जुन सदनमै भन्नु पर्ने हुन्छ। रेकर्डका लागि पनि,’ पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘र जनताका समस्यामा सरकारको ध्यान खिच्नै पर्ने कतिपय घटना थिए।’

संसद् बाहिर संसद् अभ्यासदेखि भत्ता नलिने घोषणा
यसअघि साउन २६ गते बसेको बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भयो। उक्त दिन पनि बैठक सुरु हुने बित्तिकै एमालेले टेबुल ठोक्ये, बोल्ने समय पायो र छानबिन समिति गठन नभए सदन चल्न नदिने भन्दै वेल घेराउ गर्‍यो। 

रास्वपाले भने सदन नचलेको दिनको बैठक भत्ता नलिने र निर्वाध सदन चल्नु पर्ने भन्दै सभामुखको ध्यानाकर्षण गरायो। रास्वपाका सांसदहरुले सभामुखलाई भेटेरै त्यसका लागि पहल गर्न आग्रह गरे। 

त्यसअघि साउन २४ गते पनि एमालेले विरोध गर्दै वेल घेराउ गरेपछि बैठक स्थगित भएके थियो। रास्वपाले त्यो दिन संसद् भवन बाहिर आएर सदनको अभ्यास गर्‍यो। उसले अघिल्लो दिन गृहमन्त्रीले दिएको जवाफमा केही प्रतिक्रिया जनायो। गृहमन्त्री नारायणकाजी श्रेष्ठले साउन २३ गते सदनमा बोल्दै ३५ दिनको समय मागेका थिए। जसलाई रास्वपाले शंकाको सुविधा दिएको बताएको थियो।

RSP_MP_with_Speaker1691743692.jpg

उक्त दिन रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदन अवरोध गर्ने को हो जनताले चिन्नु पर्ने बताएका थिए।  ‘कसका कारण संसद बन्द भएको हो जनताले आफैँ बुझ्नुहुनेछ,’ परियारले भनेका थिए।

साउन २३ गते भने बैठक केही लामो चल्यो। त्यसदिन गृहमन्त्रीको जवाफ सुन्न एमाले पनि तयार भयो। तर गृहमन्त्री बोलिसकेपछि भने आफूहरुलाई चित्त नबुझेको भन्दै छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडानमा एमाले फर्कियो। जुन अद्यापि छ। 

‘प्रतिपक्षी अब रास्वपा मात्र’
रास्वपाले सदनबाट आफू मात्र वैधानिक प्रतिपक्षी दल भनेर घोषणा गरेको छ। एमालेले संसदीय समितिको सभापति पाउन सत्ता पक्षसँग सौदाबाजी गरेको भन्दै अब एमाले सत्तापक्ष भएको उद्घोष गरेको थियो। एमालेले संसदीय समितिमध्ये ३ वटाको नेतृत्व पाउने भएको छ। 

‘राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक रुपमा प्रतिपक्षी हुन गयो,’ लामिछानेले भनेका थिए।

एमाले भने यसको खण्डन गर्छ। सो दलका सचेतक महेश बर्तौला प्रतिपक्षी बीच खेल्ने काम भएको बताउँछन्। 

ravi11692035905.jpg

‘सरकार प्रतिपक्षी बीचमा खेल्ने र जनतालाई भ्रम सिर्जना गर्ने ठाउँमा पुगेको छ,’ बर्तौला भन्छन्। तर रास्वपा भने संसद्‌बाट, सार्वजनिक मञ्चबाट स्पष्ट एमाले र आफूहरु एकै ठाउँमा राखेर हेर्न नहुने, तर सभामुखको भूमिकाले भने त्यस्तो देखिन गएको बताउँछ। 

‘हामीले हाम्रै ढङ्गले आफ्ना विरोधका आवाजहरू लिएका छौं। प्रतिपक्षी बेञ्चमा बसेर पनि हामीले जनताका मुद्दा आफ्नो ढङ्गले प्रस्तुत गरेका छौँ,’ सभामुखले आफूहरुलाई बोल्न नदिएको भन्दै सभापति लामिछाने भन्छन्,‘यस कारणले त्यो आवाजलाई दबाउनका लागि गरिएको हामीलाई आशंका छ।’

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्