मुगु– मुगुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सोरु गाउँपालिकामा भएको उक्त दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन्।
सोमबार सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जीप सिपपहिरो नजिकै दुर्घटना भएको हो। सडकको डिलबाट करिब २ सय मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको र सात जना घाइते भएको सोरुकोट प्रहरी चौकीले जनाएको छ।
प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान भइसकेको छैन। घाइतेहरूको उद्धारको लागि सोरुकोट प्रहरी चौकी र तारापानी प्रहरी चौकीको प्रहरी टोली घटनास्थलतर्फ गएका छन्।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल ठिनी लैजान जिल्ला प्रहरी कार्यालयले २ वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाएको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।