काठमाडौं– गोकर्णेश्वर नगरपालिकाले लामखुट्टेबाट सर्ने डेंगु रोगको उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। मेयर दीपक रिसालले नगरपालिका स्थानीयबासीहरुलाई डेंगु पुष्टि भएमा नगरपालिकाले निःशुल्क उपचार गर्ने घोषणा गरे।
डेंगुविरुद्ध सचेतना अभियान सुरु गर्दै उनले यस्तो घोषणा गरेका हुन्। मेयर रिसालले डेंगुबाट बच्नका लागि घरको छेउछाउमा जमेका पानीको खाल्डा पुर्नेदेखि अन्य सावधानी अपनाउन आग्रह गरे।
नगरपालिकाले सकभर डेंगु लाग्नै नदिने र लागेमा नगर अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको बताए। उनले उपचार हुने भएपनि सचेतना भने अपनाउनुपर्ने बताए।
साथै लामखुट्टेको बासस्थान हुनसक्ने ठाउँहरु सबै सफा गर्न नगरबासीलाई आग्रह गरे। रिसालले हालसम्म नगरमा कम मात्र बिरामी देखिएको तर फैलन सक्ने भएकाले सचेतना अपनाउन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।