काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गरेका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसँग छलफल गरेका हुन्।
भेटमा अर्थतन्त्र र मौद्रिक नीतिको वर्तमान अवस्था, समस्या, चुनौती र सम्भावनाबारे छलफल भएको थियो। छलफलका अर्थतन्त्र र मौद्रिक नीतिका वर्तमान समस्या समाधान गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता गरेका छन्।
छलफलमा अर्थ मन्त्रालय, राष्ट्र बैंक, निजी क्षेत्रसहित सरोकारवाला निकायको सहभागिता रहेको थियो।
भेटमा निजी क्षेत्रका प्रतिनिधिले ब्याजदर बढेका कारण व्यवसाय सञ्चालनमा कठिनता भएको सहितका समस्याहरू प्रधानमन्त्रीसामु राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।