काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसले संसद् सुचारु गर्न पहल गर्ने भएको छ। कांग्रेस संसदीय दलको बैठकले साउन १० गतेदेखि नेकपा एमालेले गरिरहेको संसद् अवरोध सुचारुका लागि पहल गर्ने निर्णय गरेको हो।
बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकले प्रतिपक्षी दलसँग सदन सुचारुका लागि छलफल गर्ने बताए। उनले भने, ‘प्रमुख प्रतिपक्षी दल एमालेसहित अन्य प्रतिपक्ष दलसँग संवादको अग्रसता लिएर अवरोध भएको संसद् सुचारु गर्न पहल गर्ने निर्णय भएको छ। अवरोध अन्त्य गरी सबै विषयमा सदनमा नै छलफल गर्ने वातावरण सिर्जना गर्न हामी प्रमुख प्रतिपक्षी दलसँग अपिल गर्छौँ।'
यस्तै संसद्मा विचाराधीन संक्रमणकालीन न्याय सम्बन्धी विधेयक, सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयक, भ्रष्टाचार नियन्त्रणसम्बन्धी विधेयक लगायत चाँडै पारित गर्नुपर्ने विधेयक पास गर्न क्रियाशील दलसँग अनुरोध गर्ने निर्णय पनि संसदीय दलको बैठकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।