काठमाडौं– नेकपा एमालेले सबै तहका कमिटीहरुमा ४० वर्षमुनिका युवाहरुको प्रतिनिधित्व अनिवार्य गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले युवाहरुको सहभागिता बढाउन कोटा तोकेको हो।
बैठकको निर्णयअनुसार सबैभन्दा धेरै वडा र टोल कमिटीमा युवाहरुको प्रतिनिधित्व तोकिएको छ। वडा र टोलमा एक तिहाई युवा प्रतिनिधित्व तोकिएको छ।
यस्तै पालिका कमिटीमा २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व अनिवार्य गर्ने निर्णय गरिएको बैठकपछि निर्णय सुनाउँदै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
उनका अनुसार जिल्ला कमिटीमा १५ प्रतिशत र प्रदेशमा १० प्रतिशत अनिवार्य गरिएको छ। तोकिएका कोटाहरुमा ४० वर्षमुनिका युवाहरुको प्रतिनिधित्व आगामी प्रदेश अधिवेशनबाट अनिवार्य गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।