काठमाडौं– नेकपा एमाले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले उनीहरु दुवै जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो।
लामा नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका हुन्। यस्तै न्यौपाने नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष त्याग गर्दै एमाले प्रवेश गरेका थिए।
उनीहरुलाई सोमबारको सचिवालय बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।