सोमबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठक
काठमाडौं– नेकपा एमालेले प्रदेश कमिटीहरुको अधिवेशन भदौ १६ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा जारी सचिवालय बैठकले ७ वटा प्रदेश र एउटा विशेष प्रदेश कमिटीको अधिवेशन भदौ १६ गतेदेखि क्रमश: सुरु गर्ने निर्णय गरेको हो।
सबैभन्दा पहिले भदौ १६ र १७ गते लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय भएको छ। यस्तै, असोज ५ र ६ गते मधेस प्रदेश तथा ८ र ९ गते बागमती प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय भएको छ।
असोज १० र ११ गते कर्णाली प्रदेश, १२ र १३ गते कोशी प्रदेश तथा असोज १५ र १६ गते गण्डकी प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय भएको छ। उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन असोज १९ र २० गते तथा सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन असोज २१ र २२ गते गर्ने निर्णय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।