काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठकले एक क्विन्टल सुन प्रकरणको छानबिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नै गर्नुपर्ने निर्णय गरेको छ। शुक्रबारदेखि बसेको सो दलको संसदीय दलको बैठकको उक्त निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले बताएका छन्।
लेखकले भने, ‘अपराधजन्य कार्यका लागि अनुसन्धान, छानबिन र अभियोजनको प्रायोजनका लागि नै गठित भएको केन्द्रीय अनुसन्धान ब्यूरो लगायत सरकारी निकायले छानबिन, अनुसन्धन गरिरहेको छ।’
उनले उक्त घटनाको गहिराइका साथ छानबिन गर्न पनि आग्रह गरेको बताएका छन्।
‘नेपाली कांग्रेसको संसदीय दलको बैठकले सरकारलाई यस घटनाको निपक्ष, स्वतन्त्र र गहिराइमा पुगेर छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन अनुरोध गर्दछ,’ संसदीय दलको निर्णय सुनाउँदै लेखकले भने।
एमालेले सो प्रकरणका लागि उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।