काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठकले गठबन्धनको स्थायित्वका लागि प्रभावकारी ढङ्गले काम गर्ने निर्णय गरेको छ।
शुक्रबारदेखि बसेको सो दलको संसदीय दलको बैठकको निर्णय सुनाउँदै प्रमुख सचेतक रमेश लेखकले गठबन्धनको स्थिरिता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निष्कर्ष निकालिएको बताए।
लेखकले भने, ‘नेपाली कांग्रेसको पहलमा गठबन्धनमा बनेको हो र त्यसैको आधारमा सरकारले निरन्तरता पाएको हो। गठबन्धनको स्थिरिता र स्थायित्वका लागि प्रभावकारी रुपले काम गर्ने निर्णय गर्छ।’
पछिल्ला दिनमा गठबन्धनको भविष्यलाई लिएर अनेक अड्कलबाजीका बीच कांग्रेसको सो निर्णय आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।