काठमाडौं– कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धि बहादुर कटुवाल नियुक्त भएका छन्।
मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले कटुवाललाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। कटुवाललाई संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता कटुवाललाई सोमबार नै उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख खापुङको समेत उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।