कागबेनीमा आइतबार राति आएको बाढीले पुर्याएको क्षति। तस्बिर सौजन्यः जनस्वास्थ्य निरीक्षक वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका खगेन्द्र बोहोरा/रासस
काठमाडौं– पछिल्लो समय अविरल वर्षा हुँदा देशका धेरै ठाउँमा बाढी तथा पहिरोको प्रकोप बढेको छ।
पहाडी क्षेत्रमा बाढी र पहिरोले जनजीवन प्रभावित बनाएको छ। तराईका जिल्लामा डुवान बढेको छ।
बाढीका कारण मुस्ताङको कागबेनी क्षेत्र प्रभावित बनेको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ आएको बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ।
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो।
यस्तै, विभन्न ठाउँमा पहिरो जाँदा राष्ट्रिय र स्थानीय राजमार्गहरु अवरुद्ध भएका छन्। केही ठाउँमा पहिरो हटाउने प्रयास जारी छ भने केही ठाउँमा पहिरो हटाएर राजमार्ग सञ्चालनमा आइसकेका छन्।
लगातारको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका चनौटेस्थित सडकमा पुर्याएको क्षति। बाढीले मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङको विभिन्न स्थानका सडक अवरुद्ध भएको छ। तस्बिर: देवराज सुवेदी/रासस
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा सोमबार बिहान खसेको पहिरो। पहिरोका कारण उक्त खण्ड दुईतर्फी अवरुद्ध भएकोमा डोजरको प्रयोग गरी पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस
कागबेनीमा आइतबार राति आएको बाढीले पुर्याएको क्षति।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।