काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (सोमबार) मन्त्रिपरिषद्मा फेरबदल गर्ने भएका छन्। जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् फेसबदल गर्न लागेका हुन्।
जनमत पार्टीकी नेता अनितादेवी साहले सोमबार मन्त्रीको शपथ लिने बताएको छ। जनमतकी प्रमुख सचेतक समेत रहेकी साहले सोमबार बिहान १० बजे शपथ लिने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आफ्नो भागको मन्त्रालय कटौती गरेर जनमतलाई सरकारमा सहभागी गराउन लागेको हो। माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ।
माओवादी केन्द्रले आइतबार नै मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। जनमत सरकारमा सहभागी हुने भएपछि मोदीलाई फिर्ता बोलाउने निर्णय भएको हो।
यद्यपि जनमत पार्टीले कुन मन्त्रालय पाउने भन्नेबारे टुंगो भने लागिसकेको छैन। शथप अघि नै जनमतकी साहको मन्त्रालय टुंगो लाग्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।