काठमाडौं– कोशी नदीमा पानीको बहाव बढेको छ। नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोकाहरु खोलिएका छन्।
सोमबार बिहान ४ बजे गरिएको मापनअनुसार कोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ।
नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।