काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुन तस्करी प्रकरणमा सरकारको नियतमाथि प्रश्न उठेको बताएका छन्।
नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको सुन तस्करीमा संलग्नताबारे सप्रमाण तथ्य सार्वजिनक हुँदा समेत छानबिनको घेरामा नआउनुले प्रधानमन्त्री र गृहमन्त्रीको नियतमाथि पनि प्रश्न उठ्नु स्वभाविक भएको उनले बताए।
पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार नियन्त्रणमा गृहमन्त्रीको प्रशंसा भैरहँदा यो प्रश्नको निराकरण आवश्यक भएको समेत बताए। पोखरा पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको सालिक हटाउनु अर्को गल्ती भएको उनको भनाइ थियो।
सम्बन्धित निकायले समन्वयन गरी पृथ्वीचोकमा राष्ट्रनिर्माताको र उपयुक्त ठाउँमा शहिद लखन थापाको सालिक राख्ने व्यवस्था गर्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।