काठमाडौं- नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसद्मा आफूलाई बोल्न नदिए पार्टीविरुद्ध विद्रोह गर्ने चेतावनी दिएका छन्। कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि बोल्न खोज्दा पार्टी सचेतकले बोल्न रोकेको बताए।
तर सोमबारको संसद् बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेर आफू बोल्ने उनले बताए। 'गृहमन्त्रीको राजीनामा मेरो बटमलाइन हो। भोलि मलाई संसदमा बोल्न दिइएन भने म विद्रोह गर्छु,' उनले भने, 'सचेतकज्यूले पछिल्लो समय पनि बोल्न दिनुभएन, भोलि बोल्न नदिए विद्रोह गर्छु भनेको छु। विद्रोह गर्न पाइँदैन भन्ने कुरा आएको छ। कारबाही नगर्न आग्रह गरेको छु।'
उनले कांग्रेस सरकारमा सहभागी भए पनि सरकारमा भएको अनुभूति आफूले नगरेको बताए। सरकारलाई आतंककारीको संज्ञा दिँदै उनले भने, 'यो सरकार आतंककारी सरकार हो। हामी सरकारमा भए पनि सरकारमा भएको फिल मैले गरेको छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।