एजेन्सी- भारतको राजधानी महाराष्ट्रको मुम्बई सहरनजिकै रहेको ठाणेको म्युनिसिपल अस्पतालमा एकै रात १७ जना बिरामीको मृत्यु भएको छ।
समाचारहरूका अनुसार ठाणेको कलवास्थित छत्रपति शिवाजी महाराज अस्पतालमा एकै रातमा १७ जना बिरामीको मृत्यु भएको हो। पछिल्लो ४८ घण्टामा अस्पतालमा १८ जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
ठाणेका म्युनिसिपल कमिश्नर अभिजित बांगरले अस्पतालमा ४८ घण्टामा १८ जनाको मृत्यु भएको र उनले राज्यका मुख्यमन्त्रीलाई जानकारी गराएको बताए।
उनले भने, ‘अस्पतालमा पछिल्लो ४८ घण्टामा १८ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये केहीको मृगौला रोग, निमोनिया, मट्टितेलको विषाक्तता, सडक दुर्घटना र अर्काको उपचार भइरहेको थियो।' उनले घटनाबारे मुख्यमन्त्रीलाई जानकारी गराएको बताए।
बिरामीले उचित उपचार पाए वा भएन भनेर निष्पक्ष छानबिन गर्न समिति गठन गरिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।