मोरङ- मोरङको सुन्दरहरैँचा–१२ मा एक भारतीय युवकको शव शंकास्पद अवस्थामा भेटिएको छ।
भारतको उत्तर प्रदेश घर भएका २४ वर्षीय साजिक खानको शव आइतबार सुन्दरहरैँचा नजिक पानीमा डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल र शवको प्रकृति हेर्दा खानको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
खानको निधार, मुखलगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
उनले घटनास्थलबाट उठाएर शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।