काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले निजी क्षेत्रका तीनवटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स संघका अध्यक्षसँग छलफल गरेका छन्।
आइतबार साँझ उनले सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर अर्थतन्त्र चलायमान गराउने विषयमा निकायहरूसँग छलफल गरेका हुन्। मन्त्री महतले ब्याजदर घटाउँदै आर्थिक गतिविधि कसरी बढाउने? भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरेका थिए। बैठकमा निजी क्षेत्रले अर्थमन्त्री महतलाई अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन्।
छलफलमा निजी क्षेत्रले ब्याजदर घटाउने र चालु पुँजी कर्जामा लचिलो हुने निजी क्षेत्रले माग गरेको थियो। अर्थमन्त्री महतले अर्थतन्त्र चलातमान गराउने गरी उद्योगी व्यवसायीका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका छन्।
मन्त्री महतले बोलाएको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार पोषराज पाण्डेसहित तीनवटै निजी क्षेत्रका अध्यक्षहरू सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।