काठमाडौं- जनमत पार्टीकी नेता अनितादेवी साहले सोमबार बिहान शपथ लिने भएकी छन्। जनमतकी प्रमुख सचेतक समेत रहेकी साहले सोमबार बिहान १० बजे शपथ लिने तयारी गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।
नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ। आइतबार मन्त्रिपरिषद् बैठकबाट मोदीलाई फिर्ता बोलाउने निर्णय भएको हो। जनमत सरकारमा सहभागी हुने भएपछि मोदीलाई फिर्ता बोलाएर साहलाई मन्त्री बनाउने निर्णय भएको हो।
यद्यपि, साहलाई संघीय मामिला वा अन्य कुन मन्त्रालयको जिम्मेवारी दिने टुंगो भने लागिसकेको छैन। राष्ट्रपति कार्यालय स्रोतका अनुसार साहले सोमबार बिहान १० बजे शपथ लिनेछिन्। सोअघि उनको जिम्मेवारी टुंगो लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।