काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विषयलाई जोडेर पार्टीभित्र समस्या ल्याउने काम भइरहेको बताएका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले भने, ‘पार्टीभित्र समस्या ल्याउने कोसिस भइरहेको छ। उपाध्यक्ष विष्णु पौडेल पर्तिर पर्नुभयो रे। उपनेता आएकाले पर्तिर सर्नु भएको हो। अघि यहिँ हुनुहुन्थ्यो।’
अध्यक्ष ओलीले विद्या भण्डारी पार्टी र सबै नेताहरुको आदारणीय व्यक्ति भएको बताएका छन्। पार्टीभित्रका कुनै व्यक्तिले भण्डारीलाई भेट्नु ठूलो कुरा नभएको बताएका छन्।
उनले भने, ‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ। त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि। हाम्रो पार्टीको उपाध्यक्ष नै हो नि। हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो नि। त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन। विष्णु पौडेलले मात्रै होइन, मैले पनि कुरा गरेको छु। अरुले पनि कुरा गर्नुभएको छ। कुरा गरेको विषयलाई कार्ड नै छपाएर लिएर जानुभयो रे नि त, पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्नुभयो भन्ने, यस्तो खालको प्रयासलाई मलजल नगर्दा राम्रो हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।