काठमाडौं– नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाउने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो।
उक्त कुराको पुष्टि गर्दै मन्त्री मोदीले आफूले आइतबार नै राजीनामा दिने बताए। उनले भने, ‘परिस्थिति बुझेर मैले छाडेर जाने निर्णय लिएको हुँ।’
सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउनका लागि प्रधानमन्त्री प्रचण्डले मोदीलाई फिर्ता बोलाउने निर्णय गराएका हुन्।
अब उक्त मन्त्रालय जनमत पार्टीलाई दिइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।