काठमाडौं- कांग्रेस संसदीय दलको बैठकमा सांसद प्रदीप पौडेलले सुन प्रकरणसहितका अन्य सबै प्रकरणणमा उच्चस्तरीय छानबिन समिति नबनाए सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका छन्। सांसद पौडेलले जारी बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले छानबिन समिति नबनाए समर्थन फिर्ता लिनुपर्ने बताएका हुन्।
'यो सुन प्रकरण मात्र होइन अन्य सबै प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने निर्णय संसदीय दलले गर्नुपर्छ, यदि प्रचण्ड सरकारले समिति बनाएन भने समर्थन फिर्ता लिनुपर्छ,' उनले भने।
उनले सुन प्रकरणमा भन्सारमा मिलेमतो भएको बताए। राजनीतिको नेतृत्वको संलग्नता छ/छैन भन्न नसकिने तर भन्सारको मिलेमतोबिना सुन पास हुन नसक्ने उनको भनाइ थियो।
हङकङबाट नेपाल भित्रिएको करिब सय क्विन्टल सुन प्रकरणमा अहिलेसम्म भरिया मात्रै पक्राउ परेको उनको भनाइ थियो। उनले भने, 'यत्रो दिनसम्म सुन प्रकरणमा भरियाबाहेक कोही पक्राउ परेको छैन। भरिया बनाउनेलाई पक्राउ गरिएको छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।