काठमाडौं– प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा सरकारमा मन्त्री फेरबदलबारे छलफल हुने बताइएको छ।
अध्यक्ष प्रचण्ड आइतबार नै गृहजिल्ला चितवनबाट फर्किएका थिए। यस्तै बैठकमा पदाधिकारीका साथै सरकारमा सहहभागी माओवादीका मन्त्रीहरु पनि सहभागी रहेको बताइएको छ।
जनमत पार्टीलाई सरकारमा सहभागी गराउने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका एक जना मन्त्रीलाई फिर्ता बोलाएर जनमतलाई दिने तयारी गरेका छन्।
सोही विषयमा छलफल हुने बताइएको छ। अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशानमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने तयारी भएको बताइएको छ। यस्तै फिर्ता बोलाइने मन्त्रीमध्ये पर्यटनमन्त्री सुदन किराँतीको नाम पनि चर्चामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।