फाइल तस्बिर
काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले सुन प्रकरणमा आफूले गल्ती गरेको कुनै प्रमाण ल्याए तत्काल पद त्याग्ने घोषणा गरेका छन्। पार्टीको संसदीय दलको बैठकमा मन्त्री महतले उक्त घोषणा गरेका हुन्।
उनी भन्छन्, ‘यो पदमा बसेर मैले गलत गरेँ भन्नुहुन्छ र प्रमाण दिनुहुन्छ भने म अहिलेदेखि नै यो ठाउँमा बस्दिनँ।’
मन्त्री महतले यो प्रकरणमा आफ्नो नाम जोडिनु कल्पना बाहिरको कुरा रहेको बताए। ‘सुनको विषय त मेरो कल्पनाभन्दा बाहिरको विषय हो। त्यसकारण ममाथि यस्तो लान्छना आउनुभन्दा पहिले सोचिदिएको भए हुन्थ्यो,’ उनले भने।
उनले सुन प्रकरणको विषयलाई लिएर सरकारले कसैमाथि पनि प्रतिशोध नसाँधेको दाबी गरे। सोही पार्टीका सांसद सुनिल शर्मालाई सुन प्रकरणको विषयमा बोल्दा प्रतिशोध साँध्न गिरफ्तार गरिएको भन्ने विपक्षीको आरोपको खण्डन उनले गरे।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको भन्दै सीआईबीले सांसद शर्मालाई बिहीबार गिरफ्तार गरेको थियो। तर अदालतले उनलाई शुक्रबार थुनामुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।