नयाँदिल्ली- भारतीय जनता पार्टी (बीजेपी)की एक महिला नेतृले आत्महत्या गरेकी छिन्। सहकर्मीसँगको अन्तरंग तस्बिर सार्वजनिक भएपछि उनले आत्महत्या गरेको बताइएको छ।
उक्त तस्बिरमा रहेका पुरुष नेतालाई बीजेपीले पार्टीबाट हटाएको जनाएको छ। ती महिला नेतृले निद्राको औषधिको ओभरडोज लिएर आत्महत्या गरेको बताइएको छ।
प्रहरीले जाँचका क्रममा बीजेपीकै नेताहरुका साथ उनको त्यस्तो तस्बिर भेटाएको हो। बीजेपीले ती पुरुष नेतालाई बर्खास्त गरे पनि प्रहरीले पक्राउ गरेको छैन। ती महिलाको मुद्दा अप्राकृतिक मृत्युका रुपमा दर्ता भने गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।