एजेन्सी- बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको छ। तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको ब्यांकक उड्न लागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ।
यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर ब्यांकक पठाइएको थियो ।
सोही विमानस्थलबाट दुबई उड्न लागेको अर्बो विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो। विमान उड्न केही सेकेन्ड बाँकी हुँदा अकस्मात रोक्नुपर्दा दुई वटा पांग्रामा क्षति पुगेको बताइएको छ।
यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।