काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शैक्षिक प्रमाणपत्रमा समातिएका कांग्रेस सांसद सुनिल शर्माको बचाउ गर्दै सरकारले जाली मुद्दा चलाएको टिप्पणी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले प्रमाणीत नहुँदासम्म उक्त मुद्दा जाली हुने बताएका हुन्।
‘गठबन्धनकै सांसद समात्ने र थुन्ने। जाली मुद्दा लगाउने। अहिले प्रमाणीत नभएसम्म त्यो मुद्दा जाली नै हो। प्रमाणीत भएछ भने भोलि अर्को रहेछ भनौंला,’ ओलीले भनेका छन्।
आइतबार बिहानै सांसद शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। भेटपछि शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भएको टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।