काठमाडौं- इलाकको माई नगरपालिका–१ र २ मा पर्ने पशुपति सामुदायिक वनमा भ्रष्टाचार भएको पाइएको छ। नक्कली बिल वनाएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सोमबार विशेष अदालतमा आठ जना विरुद्ध मुद्दा दायर गरेको छ।
पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइली, सल्लाहाकार समूहका तत्कालीन संयोजक अर्जुनकुमार थापा, तत्कालीन कोषाध्यक्ष रामकुमार खत्री, उक्त वन उपभोक्ता समूह तथा चिलाउने गौंडा हिले खोला क्रसिङ फुटपात पुलका अध्यक्ष दिलबहादुर मगर, यही पुलका कोषाध्यक्ष रस्मिला बराइली, लेखा परीक्षक चन्द्रबहादुर बस्नेत, उक्त वन समूहका तत्कालीन सचिव रामबहादुर मगर र तत्कालीन चन्द्रकला श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
उनीहरुले प्रक्रिया नपुर्याई लगत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी नक्कली बिल वनाएर १५ लाख ५ हजार ९३० रुपैयाँ भ्रष्टाचार गरेको आरोप उनीहरुमाथि छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।