उदयपुर– पहिरोका कारण मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ। उदयपुरको उदयपुरगढी गाउँपालिका–६ मौवासी खोलाको पुल नजिक आइतबार बिहान पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो।
1691913362.jpg)
मौवासी खोलाको पश्चिमपट्टी जंगलसहितको पहाड नै राजमार्गमा खसेपछि मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट–कटारी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
1691913363.jpg)
लगातारको वर्षाका कारण पहिरो पन्छ्याएर राजमार्ग खुलाउने प्रयास गरिए पनि सम्भव नभएको प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले बताए। पहिरोको कारण सय मिटर बढी सडक पुरिएकोले तत्काल सडकको अवरोध हटाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।
1691913363.jpg)
हाल पूर्वबाट गुडेका लामोदूरीका सवारी साधनलाई गाईघाटबाटै अर्को बाटो पठाइएको छ भने पश्चिमबाट पूर्वतर्फ गुडेका सवारीलाई कटारीबाट अर्को बाटो पठाउँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
1691913363.jpg)
सडक विभागको जेसीबी पहिरो हटाउन गए पनि वर्षाको कारण पहिरो खसिरहेकाले वर्षा रोकिनासाथ काम सुरु गरिने वडाअध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिए। पहिरो गएको ठाउँ सदरमुकाम गाईघाटदेखि ३० किलोमिटर पश्चिम रहेको छ।
1691913363.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।