फाइल तस्बिर
काठमाडौं– जावालाखेलस्थित सिँचाइ विभाग र चाकुपाटमा रहेको सडक विभागमा ताला लगाउन गएका निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी नियन्त्रणमा रहनेहरुमा निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामासहित करिब ४५ जना रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई ताला लगाउने क्रममा रोकिएको ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।
निर्माण व्यवसायीहरुको भने तालाबन्दी र धर्ना गर्ने कार्यक्रम थियो। काम गरे वापतको भुक्तान सरकारले नगरेको भन्दै उनीहरु आन्दोलिन भएका छन्। यसअघि पनि उनीहरुले बालुवाटारमा डोजरसहितको जुलुस निकालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।