काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका सिन्धुली र लमजुङ जिल्लामा भारी वर्षा भइरहेको छ।
पछिल्लो २४ घण्टामा सिन्धुलीको मरिणखोला, कसुमटार मापन केन्द्र आसपास १६०.४ मिलिमिटर वर्षा भएको छ। सिन्धुलीमा भारी वर्षा भइरहेको क्षेत्र बागमती नदीको जलाधार क्षेत्र हो।
यस्तै, लमजुङको खुडी बजार क्षेत्रमा पछिल्लो २४ घण्टामा १२९.४ मिलिमिटर वर्षा भएको छ।
लमजुङ लगायत जलाधार क्षेत्रमा भइरहेको भारी वर्षाले मर्स्याङ्दी नदीमा जलसतह बढेको छ। मर्याङ्दी नदीको बिमलनगर बाढी
मर्स्याङदी नदी, बिमलनगर बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह (१०.० मि) आसपास रहेको र बढ्दो रहेकोले मर्स्याङदी नदीको तटीय क्षेत्रमा रहनुहुनेहरूले दिउँसो १ बजे सम्म सतर्कता अपनाइराखौँ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।