काठमाडाैं- वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको पुस्तक ‘भैरव दाइ’ सार्वजनिक भएको छ।
शनिबार काठमाडौंमा रिसालको ९६ औँ जन्मदिनको अवसर पारेर पुस्तक बिमोचन गरिएको हो। पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभूति समेटिएका छन्।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार रिसालले जीवन कर्कलाको पानी जस्तो भएको बताए। मानिसहरुले जीवित रहुन्जेलसम्म राम्रो काम गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा उनले पुस्तकमार्फत जीवनमा भोगाइहरु साटेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।