काठमाडाैं– कारागार कार्यालय संखुवासभामा कैदीहरू विनोद तोलाङ्गी र विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते कारागारभित्रै मृत्यु भएको घटना मृतकका आफन्तले जिल्ला कारागार कार्यालयका प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जाहेरी दिएका छन्। उनीहरुले कारागारमा ड्यूटीमा रहेका प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीविरुद्ध पनि जाहेरी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार जिल्ला कारागार कार्यालय प्रमुख घिमिरे र सई चौधरीका विरुद्धमा शनिबार किटानी जाहेरी दर्ता भएको हो। घटनाबारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकृत प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिएका छन्।
कारागार कार्यालय संखुवासभा, खाँदबारीमा साउन २४ गते राति १ बजे कैद २० वर्षीय कैदी विनोद तोलाङ्गी र २७ वर्षीय विकास श्रेष्ठ भन्ने आकाश बलामीले आफू बस्ने तल्लो तलाको ब्लकको झ्यालको रड काटी भाग्ने प्रयास गरेका थिए। सो क्रममा डिउटीमा रहेका प्रहरीले देखेर कराउँदै कारागार प्रशासन समेतलाई जानकारी गराइ कारागार कम्पाउण्डभित्रै प्रहरी कर्मचारीहरुले नियन्त्रणमा लिने क्रममा कुटपिट गरेको आरोप लागेको छ।
प्रहरीले नियन्त्रणमा लिइ उनीहरु बस्ने ब्लकमा ल्याएपछि केही कैदीबन्दीहरु समेतले उनीहरुलाई कुटपिट गरेको आरोप पीडित परिवारको छ। घाइते दुवैको उपचारका क्रममा जिल्ला अस्पताल खाँदवारीमा मृत्यु भएको थियो।
उक्त घटनामा शनिबार संखुवासभा मादी नगरपालिका–५ बस्ने मृतक बिनोद तोलाङ्गीका दाइ प्रकास तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका– ७ बस्ने मृतक आकास बलामीका दाइ रमेश बलामीले जिल्ला प्रहरी कार्यालय संखुवासभा खाँदबारीमा जाहेरी दर्ता गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।