काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शंका गर्नुनपर्ने बताएका छन्। शनिबार नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन्।
निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी उनले गरे। व्यापार, व्यवसायमा रहेका समस्याहरुको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको उनको भनाइ थियो।
नागरिक र देशलाई केन्द्रबिन्दुमा राखेर सरकारले काम गरिरहेको दावी उनले गरे। आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको बताउँदै उनले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अफ्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए।
यसैगरी उनले राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले व्यवसायीहरुका समस्याहरु केही हदसम्म समाधान भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।