काठमाडाैं- युवा तथा खेलकुदमन्त्री डिगबहादुुर लिम्बूले युवाहरुमा देशमा केही हुँदैन भन्ने नैराश्यता छाएको बताएका छन्।
२४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा लिम्बूले अहिले नेपाली युवाहरुमा देशमा केही हुँदैन र केही छैन भन्ने नकारात्मक विचार लिएर सबै विदेश जान थालेको बताए।
उनले युवाहरुलाई आफ्नै देशमा बसेर श्रम शक्ति खर्च गरी देश बनाउनतर्फ नेतृत्वदायी भूमिका निभाउन आग्रह गरे।
सरकारले शुसासन दिन खोजेको भन्दै युवाहरु राजनितिक, आर्थिक, सामाजिक क्षेत्रमा आएर नेतृत्व गर्नुपर्ने समय आइसकेको उनको भनाइ थियो।
उनले नेपाली युवासँग सीप, क्षमतासँगै इच्छाशक्ति हुनुपर्ने धारणा राखे। युवाहरुलाई रोजगारी दिलाउने कार्यक्रम ल्याउन सरकार तल्लीन रहेको उनको भनाइ थियो।
सरकारले युवा नीति परीमार्जन गरेर अधिकतम युवाहरुलाई अवसर दिन चाहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।