काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुन काण्डका बारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधेको आरोप लगाएका छन्। भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले आयोजना गरेको क्षेत्रीय सभामा उनले यस्तो आरोप लगाएका हुन्।
राजनीतिमा प्रतिशोध साँध्ने प्रवृत्ति राम्रो नभएको उनले बताए । राजनीतिमा प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति पुर्याउने भनाइ उनको थियो।
प्रतिशोधको भावना सुरू भए राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पुर्याउने उनले बताए।
यसैगरी राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा राख्न नहुने धारणा पनि उनले राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।