काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित २४ औँ अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै उनले बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध रहेको बताए ।
उनले जलवायु परिवर्तनले निम्त्याएको असरप्रति चिन्ता व्यक्त समेत गरेका छन्।
विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्यूूनीकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक रहेको उनको भनाइ थियाे।
अत्यधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवातको परिणाम विश्वभर नै देखिन थालेको भन्दै उनले दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बन्डाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।