काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा प्रचूर सम्भावना देखेर अमेरिकाले लगानी गर्न खोजेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अमेरिकाको २०२३ को लगानी नीतिले नेपालमा प्रचूर सम्भावना भएको तर भ्रष्टाचार र राजनीतिक अस्थिरताका कारण कामै गर्न नसक्ने अवस्था रहेको उल्लेख गरेको उनले बताए।
तेस्रोमा ब्युरोक्रेसी र चौथोमा लचिलो कानुनका कारण काम गर्न नसकिने बताएकाले यी चार कुरामा काम गर्न सके नेपालको भविष्य उज्वल रहेको भनाइ डा कोइरालाले राखे।
उनले भ्रष्टाचार अन्त्य गरी सुशासनका लागि काम गर्न नसके सरकार धेरै दिन टिक्न नसक्ने पनि बताए।
'भष्टाचार अन्त्य र सुशासन हामीले आजैदेखि दिन सकेनौँ भने यो सरकारले भने यो धेरै दिन टिक्न सक्दैन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।