काठमाडौं- जनमत पार्टीले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुको मतदानद्वारा मूल्यांकन गर्दैछ। त्यसका लागि शनिबार निर्वाचन गरिँदै छ।
स्थानीय तहमा जनमत पार्टीद्वारा प्रकाशित मतदाता नामावलीमा नाम हुनेहरुले पार्टीको सदस्यता कार्डका माध्यमबाट मतदान गर्न सक्नेछन्।
नमुना मतपत्रमा ‘जनमत पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको अनुमोदन रेटिङ मतपत्र’ नाम दिइएको छ। जसमा जनप्रतिनिधिको ‘काम कस्तो पाउनुभएको छ?’ भनेर सोधिएको छ। जसमा सन्तोषजनक छ/सुधारसहित ठीक छ वा विलकुल ठीक छैन भन्ने विकल्प दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।